बामदेव फेरि प्रधानमन्त्रीको क्याम्पमै, प्रचण्ड-नेपालले राखेकोे वैठक ओली समूहले बहिस्कार गर्ने !

काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच अनौपचारिक परामर्श भइरहेको छ।

स्थायी कमिटीमा भाग लिन भनेर पुगेका २४ मध्ये ७ जना बाहिरिए पछि बैठक सूरू गर्ने कि नगर्ने भनेर प्रचण्ड( नेपाल अलमलमा परेका छन् । ओली समूहका नेता भने बैठक स्थगित भएपछि बालुवाटार पुगेर फर्किएका छन्।

प्रचण्ड(नेपाल समूहले भने जसरी पनि बैठक राख्ने भन्दै स्थगितको सूचना पाएका नेताहरुलाई फोन गरेर बोलाएका थिए। तर पनि कतिपय नेतहरु नफर्किएको स्रोतले बताएको छ ।

ओलीको राजीनामा माग्दै चर्किएको नेकपा बिवाद ओली प्रचण्डको पछिल्लो दिनको तिक्तताले झनै चर्किएको छ। पछिल्लो समय एक्ला एक्लै वार्तामा रहेका ओली प्रचण्डबीच केही दिनयता सवांदसमेत हुन सकेको छैन। प्रचण्डलाई साथदिदै आएका बामदेव गौतलले पनि ओलीलाई नै समर्थन गरेपछि प्रचण्ड झनै तनावमा परेका छन् ।

उनले केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव राखेका छन् ।

तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने , यसैगरी, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने प्रस्तावमा उल्लेख गरेका छन् ।

गौतमले मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने, ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने’ पनि प्रस्ताव पेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here