प्रहरी मुख्यालयका थप २३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् ।

संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी डीआईजी एवं प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए।

यसअघि आइतबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here