पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, १४ साउन । कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा मंगलबार राति पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नरहरिनाथ–७ का ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै नरहरिनाथ नगरपालिका–४ मा पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैको शव पोस्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here