उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जना, विर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय ९१ पुगेकाे छ काठमाडौंमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ३५० ललितपुरमा ९० र भक्तपुरमा ५१ पुगेकोछ। काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here