कोरोना संक्रमितको उपचार गर्न अस्पताललाई अनुदान, कस्तो बिरामीलाई कति ?

काठमाडौं, १४ साउन । सरकारले कोरोना संक्रमितको उपचार गर्न अस्पताललाई अनुदान दिने भएको छ ।

जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

गौतमको अनुसार सरकारको असार १५ गते बसेको बैठकले कोरोना भाईरसको संक्रमितको उपचार गरे बापत अस्पताललाई अनुदान दिने विषय स्विकृत भएसँगै अनुदान दिने निर्णय गरेको हो ।

यस अनुदान अन्तर्गत सरकारले संक्रमण भई घरमै आइशोलेशनमा बस्नेलाई चिकित्सकको निगरानीलाई प्रतिव्यक्ति प्रतिदिन २ सय रुपैयाँ दिने र अति जतिल कोरोना संक्रमितको उपचारको लागि प्रति व्यक्ति प्रति दिन १५ हजार दिने बारे गौतमले जानकारी दिएका हुन् ।

व्यक्ति, सस्था वा अस्पतालले पाउने अनुदान विवरण सहित

-लक्षण देखिएका र शंकास्पद व्यक्तिको घरमा नै चिकित्सकको निगरानी खर्च प्रतिव्यक्ति प्रतिदिन -रु २००

-आइशोलेशनमा बस्ने प्रतिव्यक्ति प्रतिदिन सम्बन्धित सस्था -रु २०००

-सामान्य लक्षण भएका जेष्ठ नागरिक र दिर्घ रोगीलाई प्रतिव्यक्ति प्रतिदिन -रु ३५००

-मध्यम तथा जटिल बिरामीका लक्षण देखिएका प्रतिव्यक्ति प्रतिदिन -रु ७०००

– अति जटिल बिरामीको व्यस्थापन गर्दा प्रतिव्यक्ति प्रतिदिन अस्पताल- १५००० गौतमले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here