काठमाडौंको भीडभाड कम गर्न नयाँ नियम, तोकिएको बार अनुसार सेवा (सूचना सहित)

काठमाडौं, १४ साउन । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ।

आइतबारदेखि लागूहुने गरि कार्यालयमा भिडभाड हुन नदिनको लागि नयाँ नियम ल्याएको हो । बुधबार जारी गरेको सूचना अनुसार सेवग्राहीले बार अनुसारमात्र सेवालिन पाउनेछन् ।

तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन आग्रह गदै जारी गरेको सूचनामा आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्।

प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरिएको हो ।

नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन: काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।

पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ । शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here