काठमाडौं, १५ साउन । नेपाल प्रहरीको मुख्यालय नक्सालका थप ९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।
मुख्यालयमै पछिल्लो चार दिनमा मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २ जना छन् । संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ।