सुनको मूल्य तोलाको ९९ हजार

काठमाडौं, १५ साउन । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ ।

पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ बिहीबार तोलाकै ९९ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी प्रतितोला ९८ हजार ५ सय ६० तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here