नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, १५ साउन । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । निधन भएका पुरुषहरुमा दीर्घरोग रहेको बताइएको छ ।

७१ वर्षका पुरुष पखाला लागेर उपचार गर्न नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनी मिर्गौलाको समस्याबाट पिडित रहेको बताइएको छ ।

उनको आइतबार पिसिआर परीक्षण गरिएको थियो । ६८ बर्षीय पुरुष समेत मुटु र निमोनियाका बिरामी रहेको अस्पतालले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार उता, धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा साँझ ज्यान गएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार एक ४५ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here