लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको हो।

ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

नाई संघका तर्फबाट सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दे ठाकुरले असार २१ गते सार्वजनिक सरोकारको रिट दायर गरेका थिए।

सरकारले नेपालमा कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here