वीरगन्जका मेयरलाई कोरोना संक्रमण

काठमाडौं, १५ साउन । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। स्रोतको अनुसार उनी चार दिनअघि काठमाडौं आएका थिए।

बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो। उनि अहिले काठमाडौंस्थित आफ्नै निवासमा रहेको र अवस्था सामान्य छ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु ।

म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here