भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

फाइलफोटो

काठमाडौं, १६ साउन । भारतमा कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको हो ।

शुक्रबार विहानसम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here