पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन । पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पर्सा, बारा, रौतहटका बासिन्दा, वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको रहेका छन् । नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारी समेत संक्रमित भएका छन् ।

अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी छन् । डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन् । अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजिटिभ देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here