प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप १८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै हेर्डक्वाटरमा मात्र संक्रमण पुष्टि हुनेको संख्या ७२ पुगेको छ । संक्रमित हुनेमा एक सई , असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।

बिहीवार दुई चरणमा आएको रिपोर्टमा ५४ जनामा कोरोना देखिएको थियो। संक्रमित सबैलाई अस्पताल भर्ना गरेर उपचार थालिएको छ। उनीहरुसँगै सम्पर्कमा आएका प्रहरीको कन्ट्र्याक्ट ट्रेनिङ र स्वाब परीक्षण भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here