रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपीओ निष्काशनको अनुमति

काठमाडौं, १६ साउन । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ।

कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै गत असार २१ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

बीमा कम्पनीले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो ।हाल १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यसैगरी, कम्पनीले आइपीओ निष्काशन गर्न क्रेडिट रेटिङ्ग समेत गराइसकेको छ । इक्रा नेपालले इन्स्योरेन्सको आइपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here