कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, १६ साउन । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् । पर्सा श्रिपुर बस्‍ने ५६ वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

उनी मुटुरोगी थिए । त्यस्तै वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुष पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्यु पश्चात साउन १५ गते नमुना संकलन गरेर परीक्षण गर्दा बेलुका आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

पर्सा जिल्ला वडा नम्बर ११ स्थायी घर भइ हाल ललितपुर थसिखेल बस्ने ६५ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उनले बताए ।

उनका अनुसार ती महिला ज्वरो खोकीको समस्या देखिएपछि स्टार अस्पतालमा भर्ना भएकी थिईन । स्टार अस्पतालले ति महिलामा साउन ६ गते ति महिलामा कोरोना पुष्टि भएपछि पाटन अस्पताल रिफर गरेको थियो ।

तर ति महिलाको उपचारको क्रममा साउन १६ (आज) गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । ललितपुरकी बासिन्दा भएपनि उनि केहि हप्ता अघिमात्र वीरगञ्जबाट काठमाडौं आएकी थिइन् । काठमाडौं आएसँगै उनमा रुघाखोकीलगायतको समस्या देखिएको थियो ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृतयु हुनेको संख्या ५६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here