रिलायबलको ‘सुलभ बाल जीवन र सुलभ जीवन बीमा’ मा आकर्षण बढ्दो

काठमाडौं, १६ साउन । जीवन बीमा गरी भविष्यमा आउने सम्भावित जोखिम सुरक्षण गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाई र तपाईंको सन्तानकालागि ‘सुलभ बाल जीवन बीमा’ र ‘सुलभ जीवन बीमा’ योजना उपयुक्त हुनसक्छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ती योजना बजारमा ल्याएको छ । रिलायबल इन्स्योरेन्सको आफूलाई पाएक पर्ने शाखा वा आधिकारिक अभिकर्तामार्फत बीमा गर्न सकिन्छ ।

केही वर्ष यता नेपालीमा पनि बीमप्रतिको आकर्षण बढ्दो छ । हाल जीवन बीमा गर्ने १९ वटा कम्पनी बजारमा छन् । हरेक कम्पनीले विभिन्न नाममा बीमा योजना बजारमा ल्याएका छन् ।

सबैको विशेषता फरक फरक छ । तर, बिमितले बजारमा उपलब्ध योजनाहरुमध्ये छानेर आफूलाई उपयुक्त खोज्न सक्नुपर्छ । यसकालागि हरेक योजनाको विशेषता, बिमांक रकम (बीमा शुल्क) समयावधि, परिपक्कोता अवधि, दाबी भुक्तानी प्रक्रिया आदि ।

अन्य १० कम्पनी जस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड पनि नयाँ कम्पनी हो । तर, छोटो समयमा बजारमा यसको उपलब्धता र आकर्षण चाहि लोभलाग्दो छ ।

यही कारण कम्पनीले तिब्र रुपमा बजार अंश बिस्तार गर्दै आएको छ । ब्यक्ति अनुकुल मौलिक तथा उत्रत जीवन बीमा योजना बजारमा ल्याउनु यसको विशेषता नै हो ।

हाल यो कम्पनीले १४ वटा बीमा योजना बिक्री गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्रबन्धक युवराज शर्माले बताए । ‘कम्पनीले ८२ वटा आउटलुक सञ्चालनमा छन्,’ उनले भने ।

आगामी दिनमा ब्यक्ति तथा संस्था सुहांउदो विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा ल्याउने साथै आधुनिक प्रविधि प्रयोग गरि सरल, भरपर्दो र बिश्वसनीय सेवा दिँदै डिजीटल बजारीकरणको माध्यमबाट जनमानसमा बिक्री गर्ने र देशभरि नै आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको शर्माले क्लाउ पत्रिकालाई बताए ।

यो कम्पनीले हाल बजारमा ल्याएका प्रमुख बीमा योजनाहरुमा सुलभ जीवन बीमा, रिलायबल म्यादी, रिलायबल बैदेशिक रोजगार , रिलायबल सामुहिक म्यादी, रिलायबल लघु म्यादी, रिलायबल लघु, सावधिक जीवन बीमा, रिलायबल सजिलो, रिलायबल सावधिक, रिलायबल अग्रिम भुक्तानी,रिलायबल उच्च शिक्षा, रिलायबल धनपती (करोडपति), रिलायबल समुन्नति, रिलायबल इम्प्लोई रिटेन्सन प्लान र रिलायबल सावर्धिक तथा आजीवन बीमा योजना हुन ।

सर्वाधिक रुचाइएको रिलायबल सुलभ जीवन बीमा योजना

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको बीमा योजना मध्ये सर्वाधिक रुचाइएको सुलभ जीवन बीमा योजना रहेको छ । यो बीमा बच्चा जन्मिने वित्तिकै नै गर्न पाईन्छ । यो योजनाले बीमितलाइ बचत गरि सुरक्षित रहन सघाउछ ।

संघ संस्थाले समेत आफ्ना सदस्यहरुको बचत गर्ने मुख्य प्रयोजनको लागि सामुहिक रुपमा सुलभ जीवन बीमा गर्न सकिन्छ ।

यसको जोखिम बहन बीमितको उमेर पछिल्लो जन्ममितिमा ६ बर्ष पुरा भएपछि वा बीमालेख जारी भएको २ बर्ष पुरा भएपछिको बीमालेखको बार्षिकोत्सव मिति मध्ये जुन घटना पछि घट्छ सो मितिदेखि बीमालेख अन्तर्गतको जोखिम बहन शुरु हुने कम्पनीले बताएको छ ।

बीमा अवधिभित्र तर जोखिम बहन शुरु हुनु भन्दा अगाडी बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाइ भुक्तानी गरेको बीमाशुल्क (ऐच्छिक सुबिधा वापतको बीमाशुल्क कट्टा गरि) इच्छाइएको ब्यक्ति÷कानुनी हकवालाई फिर्ता दिइने व्यवस्था छ ।

बीमा अवधिभित्र जोखिम बहन शुरु भैसकेपछि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क रकम र बोनस बराबर एकमुष्ठ रकम इच्छाइएको ब्यक्ति/कानुनी हकवालाई भुक्तानी पाउँछन् ।

कर्जाको सुविधा

यो बिमा गरेका व्यक्तिले कर्जा सुविधा पाउने व्यवस्था पनि छ । बीमितलाई रकम आवश्यक परेको खण्डमा कर्जा प्राप्त गर्न पाईने र उक्त कर्जाको रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत सम्म मात्र हुने जनाईएको छ । तर बच्चाको बीमालेखमा कर्जा नपाईने व्यवस्था छ ।

१८ बर्ष उमेर पुगेका बीमितले भने ऐच्छिक सुविधाहरु पाउने छन् जसमा बीमाशुल्क छुट सुविधा, पूर्ण अशक्तता सुविधा, दुर्घटना मृत्यु भएमा दिइने सुविधा, घातक रोग सुविधा र अस्पतालमा उपचारमा नगद सुबिधालगायत छन् ।

बिभिन्न १५ किसिमका घातक रोग लागेमा यस पुरक करारको बीमाङ्क रकम भुक्तानी दिईने कम्पनीको दाबी छ ।

रिलायबल सुलभ बाल जीवन बीमा योजना

जीवन बीमा आर्थिक सुरक्षाको लागी मात्र गरिने नभइ भविष्यको कुनै योजनालाइ साकार रुप दिन बचत गर्ने सर्वोत्कृष्ट आर्थिक औजार पनि होे । यो बीमा जन्मेदेखि २५ वर्षसम्मको लागि सन्तानको उज्जवल भविष्यको लागि हरेक अभिभावक गर्न सक्नेछन् ।

बीमा योजनामा जन्म अवस्थादेखि २५ बर्ष सम्मको अवधिमा अभिभावकले आफनो बालबालिकाको भविष्य उज्जवल गर्न एवं उच्च शिक्षामा आउने खर्च व्यहोर्ने काम गर्दछ ।

पोलिसीका बिशेषता

बीमितको उमेर पछिल्लो जन्म मितिमा ६ बर्ष पुरा भएपछि वा बीमालेख जारी भएको २ बर्ष पुरा भएपछिको बीमालेखको बार्षिकोत्सव मितिमध्ये जुन घटना पछि घट्दछ सो मितिदेखी बीमालेख अन्तर्गतको जोखिम बहन शुरु हुनेछ ।

यस बीमा योजनामा सरिक हुनको लागि बालबालिकाको अभिभावकले बार्षिक, अर्धबार्षिक, मासिक रुपमा बीमाशुल्क बुझाउन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।
बालबालिकाको उच्च शिक्षामा खर्च हुने रकमलाई कसरी बीमा योजनामार्फत सरल रुपमा लान सकिन्छ भन्ने हेतुले कम्पनीले यस बीमा योजना ल्याएको हो । बालबालिका जन्मेदेखि यस बीमा योजनमा सहभागी हुन पाउने छन् ।

बीमालेख अवधिमा प्रस्तावकको मृत्यु भएमा

बीमा अवधिमा प्रस्तावकको मृत्यु भएमा वा अशक्त भएमा बाँकी अवधि (बच्चाको उमेर २५ बर्ष) पुग्दा सम्म बच्चको बीमा रकम तिर्न नपर्ने साथै मृत्यु भएमा बीमित छोराछोरीले १६ बर्ष उमेर पुग्दासम्म मासिक आय सुविधा समेत पाउनेछन् ।

‘म्याचुरिटी’ भुक्तानीको हकमा

बीमालेख चालु रहि बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमांङ्क र बोनस बराबरको रकम बीमितलाई भुक्तानी दिइने व्यवस्था रहेको छ ।

सुविधाहरु

यस बीमा योजनामा ऐच्छिक सुविधा अन्तर्गत बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधा थप गर्न सकिन्छ । यस बीमालेखमा बीमा अवधीभित्र तर जोखिम वहन सुरु हुनु भन्दा अगाडी बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाई भुक्तानी गरेको बीमा शुल्क इच्छाएको व्यक्तिलाई फिर्ता दिईन्छ ।

बीमा अवधिभित्र जोखिम वहन सुरु भैसकेपछि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमांङ्क रकम र बोनस बराबरको एकमृष्ठ रकम बीमीतलाई दिईने कम्पनीले बताएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here