दुईदिनमा थपिए नुवाकोटमा पाँच जना कोरोना संक्रमित, को कहाँको ?

काठमाडौं, १६ साउन । विहिबार र शुक्रबार गरि नुवाकोटको थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि शिक्षक अस्पताल महाराजगञ्जमा गरिएको पीसिआर परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमितहरु विदुर नगरपालिका वडा नं.८ की एक २७ वर्षिया महिला, बेलकोटगढी नगरपालिकाका एक जना पुरुष वर्ष २७ को,शिवपुरी गाउँपालिकाको एक जना पुरुष वर्ष २४ को र पञ्चकन्या गाउँपालिकाका ३१ र २४ वर्षका दुईजना पुरुष रहेका छन् ।

विज्ञप्ति आज निकालिए पनि संक्रमित बिहिबारको पनि जोडिएको छ । शुक्रबार दुई जनामा र विहिबार तीन जनामा कोरोना पुष्टि भएको हो ।

शिवपुरी र बेलकोटगढीका संक्रमितहरु काठमाडौंमा आइसोलेसनमा रहेका छन् भने विदुर र पञ्चकन्याका संक्रमितहरु त्रिशूली अस्पतालको आइसोलेसनमा रहेका छन् । अहिले काठमाडौंमा ३ र त्रिशूली अस्पतालमा ३ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । संक्रमितको अवस्था सामान्य रहेको छ ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । त्यसमध्ये ३७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here