उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

विराटनगर, १७ साउन। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि दुब्र्यवहार भएको छ । उनीमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

शनिबार बिहान ११ बजेतिर कार्यकक्षै प्रवेश गरेका दुई जनाले उनीमाथि यस्तो व्यवहार गरेको प्रहरी जनाएको छ । सन्जेल भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका कर्मचारी हुन् ।

उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here