काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको हो।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here