नेपालमा विकशित देशको भन्दा विषादीको प्रयोग कम, स्वास्थ्यमा असर बढी

काठमाडौं, १८ साउन । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित रहेको पाइएको छ ।

नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको विज्ञहरुले दाबी गरेका छन् ।

विदेशमा मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिने गरेको छैन ।

जापानमा प्रतिहेक्टर १०.८ केजी, कोरियामा १६.६ केजी, इटालीमा १३ केजी विषादीको प्रयोग हुने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको तथ्यांकमा उल्लेख छ । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ ।

छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिवन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।

नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेका छन् । यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा मात्र जनता स्वस्थ रहन सक्ने सरोकारवाला बताउँछन् ।

विषादीको उच्च प्रयोगका कारण माटोले अहिले काम गर्न छाडेको छ भने खानेकुरा अस्वस्थकर हुँदै गएको छ । यसले पर्यावरण पनि बिग्रेको छ ।

हाल सबैभन्दा बढी विषादी तराईमा प्रयोग हुने गरेको छ भने नेपालमा आउने विषादीमध्ये ८० प्रतिशत तरकारीमा नै प्रयोग हुने गरेको जानकार बताउँछन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here