गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका २, स्याङजाका ८, लमजुङका ३, बाग्लुङका १ र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा विज्ञप्तिमा जनाइएको छ ।

थपिएकाहरु २० वर्ष देखि ६२ वर्षसम्मका उमेरसमुहका छन् । जसमा दुई महिला र अन्यसबै पुरुष रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ भने १ हजार २ सय ४५ जना निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here