सेयर बजारमा भारी गिरावट, पैसा हुने लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं, १८ साउन । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार बजार खुलेको दुई घण्टामै ३४ अंक माथिको गिरावट आएको थियो।

गत साताको अन्तिम दिन केही सुधार देखिँदा यो साताको पहिलो दिनदेखि नै बढ्ने विश्लेषण गरिए पनि सेयर बजारले भने लय समात्न सकेन् ।

केही नाफा भएका सेयरपनि बिक्री गरेर पैसा बनाउन खोज्ने लगानीकर्ताका कारण बजार घटिरहेको विष्लेषकहरुको भनाई छ ।

जम्मा १८६ वटा कम्पनीको कारोबार हुँदा यो समाचार तयार पर्दा १५१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९ वटाको मात्रै सुधार देखिएको छ ।

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि फेरि पनि लकडाउन हुने हो कि भनेर पैसा हुने लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

अजोड इन्स्योरेन्सको सेयर कारोबारमा आएकै दिन पोजेटिभ सर्किट लागेको छ । २९१ रुपैयाँमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात २९ रुपैयाँले बढेर ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारमा आएसँगै कम्पनीको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ । १२ बजेसम्म कम्पनीको ४ लाख १५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन । यस अवधिसम्म जम्मा ३०० कित्ता सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here