नेप्से परिसूचक ४२.७८ अंक घट्यो, कारोबारमा आएका सबै समूह राताम्मे

काठमाडौं, १८ साउन । साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहिबार ७.५३ ले बढेर कारोबार बन्द भएको नेप्से आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा आइपुगेको छ ।

आइतबार १८९ कम्पनीको १ अर्ब ८२ करोड १२ लाख ४२ हजार ३ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

सबैभन्दा बढी जीवन बीमा २ सय ८३ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा २ सय ३१ अंकले घटेको छ । सो दिन कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । बैंकिङ ४१.४८, होटल ७१.४३, विकास बैंक ५४.४, उत्पादन तथा प्रशोधन ६६.६२, माइक्रोफाइनान्स ७४.७७ अंकले घटेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्यारेन्स, नेपाल फाइनान्स, छ्याङदी हाईड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने जोशी हाईड्रोपावर, ओरियन्टल होटल, हिमालयन उर्जा विकास कम्पनी, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ ।नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८६ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here