पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

कुल संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here