कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, १८ साउन । कोरोनाको कारण नेपालमा थप एक महिलाको गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।

साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता गौतमले बताए ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here