सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

एकजनाको १ जनाको जिवितै उद्धार भएको छ। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको प्रहरीले जनाएको छ ।

पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरिएको छ । बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चौरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको छन् । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबाट खोजिकार्य भइरहेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here