मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

फाइलफोटो

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

सोमबार बिहान पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको थिए । ज्यान गुमाउनेहरू सबै पुरूष हुन्।

पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरिएको छ । वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चौरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here