टेलिकमले ल्याएको ई–शिक्षा प्याकेज लोकप्रिय भएको दाबी

काठमाडौं । नेपाल टेलिकमले काेराेना महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान, प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज वैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको दाेहाेर्‍याएकाे छ ।

अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको टेलिकमले जनाएकाे छ ।

यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरूले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरूमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरू उपयोग गर्न सकिने गरी रु. ५०० मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको टेलिकमले जनाएकाे छ ।

विद्यालयहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here