नेप्से परिसूचक ७.५९ अंकले बढ्यो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ साउन । आइतबार ४२ अंकले ओरोलो लागेको सेयर बजारले गति लिएको छ । साताको दोस्रोदिन सोमबार बजार हरियाली भएर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ । ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार तीन वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बढ्दो बजारमा आरम्भ चौतारी लघुत्ति, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेको छ भने ३ समूहको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५८.७४ अंकले बढेको छ भने हाइड्रोपावर समूहको ३.५२ अंकले घटेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here