पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरैको मृत्यु र संक्रमण भारतमा

काठमाडौं, २० साउन । पछिल्लो २४ घण्टामा विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा मानिस कोरोना संक्रमित भएका छन् । मंगलबार विहानसम्ममा १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको वल्र्डमिटरले जनाएको छ ।

मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।

कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्र्डओमिटरमा उल्लेख छ।

यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ।

यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here