पुनः लकडाउनमा जान विज्ञको सुझाव

काठमाडौं, २० साउन । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउनमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका हुन् ।

विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न र कतिपयले लकडाउनले पनि नपुग्ने कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सुझाब दिएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here