काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार संक्रमितहरु काठमाडौंको ४८, ललितपुरको १ र भक्तपुरको १३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here