काठमाडौं, २१ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
गत सोमबार निधन भएकी पर्साकी पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । उनी पखालाबाट ग्रसित थिइन् ।
उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । उनको मृत्युबारे मन्त्रालयबाट घोषणा हुन भने बाँकी छ ।
अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ५९ पुगेको छ ।