भयानक विस्फोटले तहसनहस बेरुत, ७८ जनाको मृत्यु, ४ हजार घाइते (फोटोफिचर)

काठमाडौं । लेबनानमा भएको भयानक विस्फोटमा कम्तिमा पनि ७८ जनाको मृत्यु भएको छ । करिब ४ हजार जना घाइते भएका छन् ।

एउटा गोदाममा ठूलो मात्रामा विस्फोटक सामग्री स्टोर गरेर राखिएको थियो । सोही ठाउँमा विस्फोट भएको थियो ।

उक्त विष्फोटले बेरुत क्षेत्रमा कयौं भवनहरुमा क्षति पुगेको छ भने धेरै घरका झ्यालहरु फुटेको बताइएको छ । विष्फोट हुँदा राजधानी बेरुत क्षेत्रमा भूकम्पको धक्का महशुष भएको अलजजिराले जनाएको छ ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।

राष्ट्रपति माइकल इयोनले सामाजिक सञ्जालमार्फत् २७५० टन विस्फोटक नाइट्रेट असुरक्षित तरिकाले स्टोर गरेर राखिएको बताएका छन् ।

विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान सुरू भएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । प्रधानमन्त्रीले यसमा संलग्न देखिएका जो कोहीलाई पनि नछाडिने बताएका छन् । त्यहाँ सन् २०१४ देखि विस्फोटक पदार्थ स्टोर गरिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here