कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २१ साउन । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गौतमको अनुसार वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए।

त्यस्तै पर्सा वीरगन्जकी १८ वर्षकी युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको साउन १९ गते मृत्यु भएको जानकारी दिए ।

झाडापखालाको समस्या देखिएर उपचारका लागि नेशनल मेडिकल लैजाने क्रममा मृत्यु पश्चात संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here