सुनको मूल्यमा प्रतिदिन नयाँ रेकर्ड, प्रतितोला १ लाख २ हजार नाघ्यो

काठमाडौं, २२ साउन । बिहीबार सुनको मूल्यमा १ हजार १ एक रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकेको छ । बुधबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी बिहीबार तोलामा ५० रुपैयाँ बढेर तोलाको १ हजार ३४५ रुपैयाँ पुगेको छ । मूल्य महँगो हुँदै गएपछि कारोबार करीब ठप्प अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here