उपत्यकाभित्र अत्यावश्यक बाहेकका सेवा सञ्चालन स्थगित, के खुल्छ के बन्द गरिँदै ?

काठमाडौं, २३ साउन । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित हुने भएको छ ।

मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्नको लागि दुई हप्ताको लागि अत्यावश्यक बाहेकका कार्यालय बन्द हु्न लागेको जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एसएमएस विधि पूर्णरुपमा लागू गरेर कार्यालय सञ्चालन गर्दापनि सेवाग्रहीको भिड बढेको कारण बन्द गर्न लागिएको उल्लेख गरिएको छ ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।

तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २५ गते देखि भदौ ८ गतेसम्म कार्यालयबाट नियमित गरिने सेवा बाहेक सेवा स्थगित गरिएको हो।

बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

साथै बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।

नियमित सञ्चालन रहेन सेवा

अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएपनि उक्त समयमा शान्ति सुरक्षा सम्बन्धि सेवा खुल्ला रहने छ ।

– ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा ।

– मुद्धा सम्बन्धी कार्य ।

– आवश्यक कामको लागि सवारी पास ।

– विपद् व्यवस्थापन सम्बन्धी कार्य ख्ल्ला हुनेछ ।

बन्दहुने सेवाहरु

– नयाँ नेपाली नागरिकता/नागरिताको प्रतिलिपी वितरण

– हतियार दर्ता नविकरण

– संघसंस्था दर्ता/पत्रपत्रिका दर्ताका साथै नवीकरण

– निजी सुरक्षा कम्पनी नविकरण

– राहादानी वितरण

– नावालिक परिचयपत्र वितरण

– अन्य अवश्यक नभएका सेवाहरु

अत्यावश्यक सेवाको लागि प्रशासन प्रवेश गर्ने व्यक्तिले सरकारले तोकेको स्वस्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ ।

संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ । शुक्रबार मात्र काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो सहित सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ९८२ पुगेको छ। काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन्।

यससँग सम्बन्धित समाचार

१५ दिन अत्यावश्यक बाहेकका कार्यालय बन्द, स्वास्थ्य सुरक्षामा कडाइ

थप ४ सय ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

सवारी पासमा नयाँ व्यवस्था, यसरी लिनुहोस् काठमाडौँमा सवारी पास

काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here