प्रधानमन्त्री सहित ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सहित ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बालुवाटारबाट शुक्रबार बिहान स्वाब लिइएको सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बालुवाटारबाट बिहान प्रधानमन्त्री, संसदीय दलका उपनेता, कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here