कोरोनाबाट काठमाडौंमा एक सहित तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २४ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ ।

काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ । उनी पाटन अस्पतालमा उपचाररत थिए। उनको साउन २३ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

वीरगन्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको कोशी अस्पताल विराटनगरमा उपचाररको क्रममा मृत्यु भएको हो ।

वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाइ नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको हो । ती व्यक्ति मधुमेह र दमका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here