स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ ।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here