१९ हजार भन्दा बढी यात्रु नाकाबाटै फिर्ता, मास्क नलगाई हिँड्ने चार लाख कारबाहीमा

काठमाडौं, २६ साउन । जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले जारी सूचना जारी गर्दै कोरोनाको जोखिम बढ्दै गएकोले सरकारले जारी गरेका निर्देशिका पालना गर्न सबै नागरिकलाई अपिल गरेको हो।

गृह मन्त्रलायको विज्ञप्ति अनुसार आइतबार साँझसम्ममा तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी प्रहरीले गराएको हो।

यस्तै मन्त्रलायले हालसम्म मास्क नलगाउने ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडेको र जरिवाना समेत गरेको जनाएको छ।

यस्तै अनुमति बिना काठमाडौं उपत्यका छिर्ने सात हजार छ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको जनाएको छ।

सरकारद्वारा तोकिएका निर्देशन विपरीत सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको समेत प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here