मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ साउन । नेपाल मेडिसिटी अस्पताल भैँसेपाटीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँको कलंकी ट्याक्लाफाँट का ६४ वर्षीय बृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतको अनुसार उनि मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here