हवाई उडान र लामो दुरीको यातायात भदौ १५ गतेसम्म रोक्ने सरकारको निर्णय

काठमाडौं, २६ साउन । सरकारले काठमाडौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै हवाई उडान र लामो दुरीको यातायात भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भदौ १ गते देखि संचालनको तयारीमा रहेको लामोदुरीको यातायातसँगै अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो ।

साथै कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here