घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु

डोटी, २७ साउन । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

पाँच जना घाइते छन् । गतराती करिब एक बजे स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा दुर्घटना भएको हो ।

उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको ज्यान गएको प्रहरीले बताएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएको प्रहरीको भनाई छ । घरमा पाहुना आएकी लोगेकी सासु आमा र साला समेत घाइते रहेको बताइएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचार गर्न सदरमुकाम लैजान लागिएको स्थानीय प्रशासनले जनाएको छ । अहिले उद्धारको काम जारी छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here