बुटवल कोरोना विशेष अस्पतालमा दुईको मृत्यु

काठमाडौं, २८ साउन । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनीहरुमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एक जनाको भने स्वाव संकलन पछि परीक्षण भइरहेको छ । उनको रिर्पोट आउन बाँकि रहेको छ । एकै पटक दुई जनाको ज्यान गएपछि बुटवलमा समेत त्रास बढेको छ ।

अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here