थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, ६४ जना डिस्चार्ज

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ८१ नमुना परिक्षणमा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

कुल संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here