उपत्यका भित्रिन र बाहिरिनमा कडाइ, आवातजावत पूर्ण रूपमा रोक

काठमाडौं, २९ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।

केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो।

‘यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आवातजावत गर्न पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here