रिलायन्स् फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

काठमाडौं, २९ साउन । रिलायन्स् फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

सम्झौतामा रिलायन्स् फाइनान्स्का सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने- ‘रिलायन्स् फाइनान्स्सँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौं ।’

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ ।

एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो ।

एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४औं फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।

सम्बन्धित समाचार:

एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४’ मा थपिए नयाँ सुविधा

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स् फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here