सिन्धुपाल्चोकमा पहिरोले १५ घर पुरियो, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौं, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १५ घर पुरेको छ ।

पहिरोमा पुरिएर केही घरका मानिस सम्पर्कविहीन बनेका छन् । पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका रहेको स्थानियबासीले जनाएका छन् ।

केही मानिसले भागेर ज्यान जोगाएका छन् । बस्तीमाथिबाट आएको पहिरोले घरहरु पुरेको हो ।

पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन् ।

नजिकै प्रहरी र अर्को बस्ती पनि नभएकाले उद्दारमा समस्या भएको पहिरो प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

नजिकै पर्ने कात्तिकेभन्ने स्थानवाट पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिडेर मानिस पुग्ने सम्भावना कम भएकाले हेलिकप्टरमार्फत उद्दारको प्रयास भैरहेको गाँउपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारः

सिन्धुपाल्चोकमा फेरि पहिरो: एकै परिवारका ५ बेपत्ता

सिन्धुपाल्चोकमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

बाढी र पहिरोको कारण एक अर्बभन्दा बढीको क्षति, ६४ जिल्ला प्रभावित

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here